+
+
Shares

नेविसङ्घ नेतालाई फौजदारी मुद्दा लगाउनु गम्भीर : काङ्ग्रेस

रासस रासस
२०७५ माघ २३ गते १९:४७

२३ माघ, काठमाडौं । नेपाली काङ्ग्रेसले सरकारी गाडी जलाएको घटनामा संलग्न नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाएकोमा आपत्ति जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा केही दुःखद घटना भएको भन्दै त्यसलाई नै आधार मानेर पोखरामा नेविसंघ नेताहरुलाई फौजदारी मुद्दा लगाइएकोमा आपत्ति जनाएको हो । गत शनिबार सरकारविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघले सरकारी गाडीमा आगजनी गरेको भन्दै प्रहरीले नेविसंघ नेताहरुलाई पक्राउ गरी फौजदारी मुद्दा चलाएकामा कांग्रेसले विरोध जनाएको छ ।

कांग्रेसको बैठकले सरकारका गलत क्रियाकलापविरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढङ्गले गरिनुपर्छ भन्ने प्रस्ट मान्यता रहेको जनाउँदै माघ २१ गतेको प्रदर्शन सकिएपश्चात् धनुषामा पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको साङ्घातिक हमलालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

जनकपुरमा प्राथमिक उपचारपछि हाल उनको उपचार विराटनगरमा भइरहेको उल्लेख गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले तत्काल जाहेरी दर्ता गरी दोषीमाथि कारवाही गर्न बैठकले सरकारसमक्ष माग गरेको जानकारी दिए ।

बुधबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा राखेका थिए । बैठक बिहीबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?