Comments Add Comment

प्रदिपलाई धन्यवाद भन्दै अनमोलले लेखे–‘लभ स्टेशनलाई शुभकामना’

नायक प्रदिप खड्का र अनमोल केसीविच चलचित्र क्षेत्रमा स्टारडमको लडाई छ भनिन्छ । तर, चलचित्र क्षेत्रमा पछिल्लो समयमा भने यी दुई नायकको निकटताको पनि चर्चा हुन थालेको छ । प्रदिप खड्काले नायक अनमोल केसीको फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’लाई केही दिन अगाडि फेसबुकमा स्टाटस लेख्दै शुभकामना दिएका थिए । उनले, चलचित्रको ट्रेलर आफूलाई निकै मन परेको भन्दै नेपाली चलचित्रको दर्शक बढेको अनुमान लगाउन सक्ने समेत बताएका थिए ।

प्रदिप खड्काले ‘क्याप्टेन’को ट्रेलरको प्रशंसा गर्दै शुभकामना दिएको केही दिनपछि नायक अनमोल केसीले उनको स्टाटसमा जवाफ फर्काएका छन् । अनमोलले प्रदिपको स्टाटसमा कमेन्ट गर्दैै लेखेका छन्–‘शुभकामनाका लागि धेरै धेरै धन्यवाद प्रदिप । तिमीलाई चलचित्र ‘लभ स्टेशन’का लागि अग्रिम शुभकामना ।’

नायक खड्काले अभिनय गरेको चलचित्र ‘लभ स्टेशन’ चैत्रको २२ गतेबाट रिलिज हुँदैछ । अनमोलले प्रदिपलाई शुभकामना दिएसँगै दुइका फ्यानविच चल्दै आएका प्रतिस्पर्धा पनि रोकिने संकेत देखिएको छ । बैशाखमा आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा अनमोल र प्रदिप एकसाथ अंकमाल गर्दै रमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment