Comments Add Comment

बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु

२४ माघ, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु भएको छ । स्थानीय ३० वर्षकी तारादेवी गुरुङले फलामको ढुंग्रोले हिर्काउँदा ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको हो ।

प्रहरीले बिहीबार विहान तारादेवीलाई पक्राउ गरेको छ । अंशबण्डाको बिषयमा विवाद हुँदा तारादेवीले ससुराको टाउकोमा फलामको ढुंग्रोले हिर्काएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment