Comments Add Comment

उच्च रक्तचाप नियन्त्रणको यस्तो छ सजिलो उपाय

अहिले धेरैलाई सोध्नै पर्दैन, ‘तपाईंलाई उच्च रक्तचाप छ ?’

किनभने उच्च रक्तचापले अहिले ति कसैलाई छाडेको छैन, जसको खानपान र जीवनशैली अस्तव्यस्त छ । र, आजको परिस्थितीमा धेरैजसो खानपान र जीवनशैली अस्तव्यस्त नै छ ।

उच्च रक्तचापको खास कारण खराब जीवनशैली हो । सुत्ने-उठ्ने तालिका नियमित नभएका, खानपानमा सतर्क नभएका, मानसिक बोझ बोकेका, महत्वकंक्षाले लखेटेका, धपेडीमा दैनिकी बिताइरहेका तमाम व्यक्तिलाई ‘उच्च रक्तचाप’ले तर्साइसकेको छ ।

हामीलाई थाहै छ, उच्च रक्तचाप भनेको यस्तो समस्या हो, जसले अरु थुप्रै समस्या पैदा गर्छ । यसले मुटुको कामलाई अवरोध पुर्‍याउँछ, मिगौर्ंलालाई समस्यामा पार्छ । शरीरका अन्य अंगहरुको कार्य क्षमतालाई शिथिल तुल्याउँछ । त्यसैले त भन्ने गरिन्छ, यो साइलेन्स किलर हो । अर्थात चुपचाप मान्छेलाई मृत्युको मुखमा धकेल्ने कारण हो ।

वर्तमान जीवनशैलीको सबैभन्दा ठूलो चुनौती हो, उच्च रक्तचाप ।

अहिले हामी प्रतिस्पर्धात्मक युगमा छौं । करियरको, पैसाको, प्रतिष्ठाको होडबाजीमा लागेका छौं । यसले हामीलाई स्थिर र शान्त हुन दिएको छैन । हामी अस्थिर छौं । बेचैन छौ । असन्तुष्ट छौं । यही मनोवेगले हामीलाई उच्च रक्तचापको रोगी बनाएको छ ।

अर्कोतिर हामी फास्टफुड जीवनशैलीमा अभ्यस्त भएका छौं । हामीलाई कुनैपनि कामको नतिजा तुरुन्तै चाहिन्छ । हामीमा अधैर्य बढ्दैछ । यसले पनि हाम्रो मुटुको गतिलाई अरु तिब्र बनाइदिएको छ । त्यस्तै हामीलाई खान र पकाउन समेत फुर्सद छैन । अहिले पकायो, खाइहाल्यो । अझ पकाउने फुर्सद छैन । अर्डर गर्नसाथ हातमा आइपुग्ने खाना चाहिन्छ । यहि फास्टफुड शैलीले हाम्रो शरीरलाई रोगको भण्डार बनाउँदैछ । यसको असर रक्त प्रवाहमा पर्ने नै भयो । हाम्रो खानाले शरीरमा विषाक्त तत्व जमाइदिएको छ । बोसोको मात्रा बढाइदिएको छ । यसले गर्दा रक्त प्रवाह सुचारु र सहज हुन छाडेको छ ।

हामी अहिले ऐश आरमको भोका भएका छौं । हामीलाई हिँड्न, श्रम गर्न जाँगर चल्दैन । बस्ने, आरम गर्ने, मोज मस्ती गर्ने, मिठो मसिनो खाने बानी परिसकेको छ । यस किसिमको विलासी तर निस्त्रिmय जीवनले हामीलाई उच्च रक्तचापको रोगी बनाइरहेको छ ।

हुन त उच्च रक्तचापको रोग लाग्नुमा अरु पनि कारण छन् । बंशानुगत कारण । मिर्गौंला लगायत अंगको खराबी । तर, मूल रुपमा चाहि खराब जीवनशैली र खानपान नै उच्च रक्तचापको कारण हो ।

रक्तचापको चाप

मुटुको धमनीमा चाप बढेमा वा रक्त नली साघुरिएमा उच्च रक्तचाप हुने गर्छ । जसले गर्दा शरीरका सबै अंगमा रगत पुग्न दवाव बढ्ने गर्छ ।

उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, मुटुको धडकन बढ्ने गर्छ ।

यो एक गम्भीर समस्या हो । त्यसैले, यसबाट ग्रसित महिलाहरुले  रक्तचाप नियन्त्रण गर्ने विषयमा अहिले देखि नै सोच्नु पर्छ ।

जीवनशैली परिवर्तन गरेर, स्वस्थ खानेकुरा खाएर, नुन कम गरेर तथा नियमित एक्सरसाइज गरेर पनि उच्च रक्तचापको समस्यालाई नियन्त्रण गर्न सकिन्छ । नियमित रुपमा एक्सरसाइज गर्नाले मुटु फिट हुनुका साथै बलियो हुन्छ ।

त्यस्तै, पौडी पनि रक्तचापलाई नियन्त्रण  गर्ने एउटा काइदा हो ।

द अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययनले जनाए अनुसार स्वमिङ्गद्धारा सिस्टोलिक (माथिल्लो) रक्तचापलाई सजिलै कम गर्न सकिन्छ ।

सन् २०१४मा आर्टेरियोस्क्लेरोसिस, थ्रोम्बोसिस तथा भास्कुलर बायोलोजी एलमा प्रकाशिक एक अध्ययनले जनाए अनुसार मुटुका लागि हिड्नु पनि निकै राम्रो मानिन्छ । र, यसले मुटु सम्बन्धि रोगको खतरा कम गर्न पनि सकिन्छ  । रक्तचापको स्तर, आस्टियोपोरोसिस लगायत केही विशेष प्रकारको क्यान्सरलाई पनि हिडाईद्धारा नियन्त्रण गर्न सकिन्छ ।  त्यसैले, दैनिक ४० मिनेट हिँड्नुस् । नभए पनि कम्तीमा आधा घण्टा हिड्नुस् । र, रक्तचापलाई नियन्त्रित राख्नुस् ।

रक्तचाप नियन्त्रण गर्न साइकलिङ्ग पनि एक प्रभावकारी उपाय मानिन्छ । जर्नल अफ द अमेरिकन हार्ट एशोसिएसनले जनाए अनुसार साइकिलिङ्गद्धारा हामीले आˆनो रक्तचापलाई नियन्त्रित गर्न सक्दछौ । साथै, कोलेस्ट्रोल, व्लड ग्लूकोज तथा तौललाई पनि नियन्त्रण गर्न सक्दछौ ।

त्यसबाहेक, मदिराको सेवन कम गरेर, धुमपान त्यागेर, कैफिनको सेवन कम गरेर तथा आˆनो रक्तचाप नियन्त्रण चेकजाँच गरेर पनि उच्च रक्तचापको समस्यालाई कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment