+
+
Shares

ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २९ गते ८:१९

२९ माघ, कावासोती । पूर्वी नवलपरासीको डन्डामा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा बा ३ ख ९१५८ नम्बरको दूध बोक्ने ट्ंयाकरले बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका-२ बस्ने करिब ४० वर्षीय युवराज घिमिरे र मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी ३६ वर्षीय पिताम्बर पाठक छन् ।

उनीहरुलाई गएराति १० बजेतिर ट्यांकरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

ठक्कर दिने ट्यांकर र चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?