+
+
Shares

राष्ट्रियसभा नियमावली संशोधन समितिको म्याद थपिँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २९ गते ९:१५

२९ माघ, काठमाडौं । राष्ट्रियसभा नियमावली संशोधन गर्न गत पुसमा गठित मस्यौदा समितिको म्याद थपिने भएको छ । समितिका सदस्य परशुराममेघी गुरुङले मंगलबार बस्ने बैठकमा म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन् ।

१५ दिनभित्र संशोधनको मस्यौदा बुझाउने म्याद पाए पनि अहिलेसम्म समितिको जम्मा चार वटा बैठक बसेको छ । समितिका सदस्य वृषेशचन्द्र लालले सैद्धान्तिक छलफल, प्रतिनिधिसभा नियमावलीसँग मिल्दोजुल्दो बनाउन बाँकी भएकाले म्याद थप गर्नु परेको जानकारी दिए । सांसद लाल मस्यौदा तयार पार्न दुई महिना जति आवश्यक पर्ने बताउँछन् ।

१३ पुसमा बसेको राष्ट्रियसभा बैठकद्वारा गठित समितिमा जितेन्द्रनारायण देव, जीबन बुढा, दिलकुमारी रावल थापा (पार्वती), परशुराममेघी गुरुङ, रामनारायण बिडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर सदस्य छन् ।

मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक माथि प्रतिनिधिसभाबाट पाएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट प्राप्त भुक्तानी तथा फर्स्यौट विधेयकमाथिको दफाबार छलफल सदनमा गरियोस् र त्यसपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?