+
+
Shares

राष्ट्रियसभाका सांसद भन्छन्–हामीलाई तेस्रो श्रेणीमा राखियो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २ गते ११:३२

२ फागुन, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमकुमार बिकले राष्ट्रियसभाका सांसदमाथि विभेद भएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसद बिकले प्रत्यक्ष निर्वाचित सांसदलाई पहिलो, समानुपातिकबाट आएका सांसदलाई दोस्रो र राष्ट्रियसभाका सदस्यलाई तेस्रो दर्जामा राखेको बताए ।

शुन्य समयमा बोल्दै सांसद बिकले भने, ‘हामीलाई तेस्रो श्रेणीको सांसद मान्ने व्यवस्था शोभनीय छैन, यसको तत्काल अन्त्यहोस् ।’ राष्ट्रियसभाका सांसदलाई कहाँ कसले तेस्रो श्रेणीमा राख्यो भन्ने कुरा भने उनले बैठकमा खुलाएनन् ।

बैठकमा सासंद उदया शर्मा पौडेलले त्रिभुवन विश्वविद्यालयको जग्गाको भाडा प्रकरण र अर्की सांसद कमला कुमारीले कैलालीस्थित भन्सारमा सेवाग्राहीले पाएको दुःखबारे आफ्नो धारणा राखिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?