Comments Add Comment

संसदमा प्रश्न उठ्यो–भैसी कस्तो ब्यायो, दूध कोकोलाई पुग्यो ?

२ फागुन, काठमाडौं । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले सरकारको एक वर्षे कार्यकाल काण्डैकाण्डमा बितेको बताएकी छन् । सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्माको ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो‘ भन्ने भनाइको खण्डन गरेकी हुन् ।

‘हिजो मात्रै प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो । भैसी कस्तो ब्यायो ? दूध कोकोलाई पुग्यो सभाध्यक्ष ज्यू ?’ सांसद देवकोटाले विशेष समयमा बोल्दै भनिन्, ‘भैसीको दूध सिंहदरबाभित्र मात्रै पुग्ने गरेको छ ।’

प्रधानमन्त्री ओलीले बुधबार राजधानीमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सरकारको एक वर्षे सफलता सुनाउँदै ‘हेर्दाहेदैै भैसी ब्यायो ! दूध पनि दियो, पाडी पनि पायो ! … नेपाली जनताले देख्न खोजेको दिन यही हो’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment