+
+
Shares

लगानीकर्ता खोज्न अर्थमन्त्री खतिवडा गए लण्डन

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ८ गते १०:१०
Photo Credit : फाइल फाेटाे

८ फागुन, काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडा वेलायतको लण्डन प्रस्थान गरेका छन् । लगानी सम्मेलनको तयारीका लागि लण्डनमा नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल विकास सम्मेलन’मा भाग लिन अर्थ मन्त्री खतिवडा त्यसतर्फ गएका हुन् ।

शुक्रबार हुने उक्त कार्यक्रमलाई अर्थ मन्त्री खतिवडाले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् ।  उनले वेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

लण्डनमा रहँदा अर्थ मन्त्री खतिवडाले गैह्र आवासीय नेपाली संघ र नेपाल-वेलायत चेम्बर अफ कमर्सको कार्यक्रममा पनि सहभागीता जनाउने तालिका छ ।

आउँदो चैत १५ र १६ मा हुने ‘लगानी सम्मेलन’मार्फत अधिकतम् वैदेशिक लगानी भित्र्याउन अर्थ मन्त्री आफैं कस्सिएका छन् ।

विदेशी लगानीकर्तालाई आकर्षित गर्न, लगानीका लागि नेपालमा उपयुक्त वातावरण सृजना भएको सन्देश दिन लण्डनमा  कार्यक्रम आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?