Comments Add Comment

दार्चुलामा भारत जोड्ने झोलुंगे पुलको मर्मत सुरु

९ फागुन, दार्चुला । नेपाल भारत जोड्ने दार्चुलाको झोलुंगे पुलको मर्मत सुरु गरिएको छ ।

भारत सरकारले निर्माण गरेको नेपाल भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थित सीमा पुल मर्मत गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

फागुन ९ देखि १३ गतेसम्म मर्मत गरिने भएकाले दिउँसो १ बजेदेखि ४ बजेसम्म आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । उक्त झोलुंगे पुल भारत धारचुलाको उपखण्ड लोक निर्माण विभागले गर्न लागेको हो ।

मर्मतका क्रममा झोलुंगे पुलको प्लेटहरु फेरिदैछ । २०२८ सालतिर निर्माण गरिएको उक्त झोलुंगे पुलमा पहिले काठको प्लेट प्रयोग गरिएको थियो । केही वर्षपछि काठ हटाएर फलाम राखिएको थियो ।

ती फलामे प्लेट जीर्ण बनेपछि भारतीय पक्षले नै फेर्न लागेको हो । झोलुंगे पुल भारत सरकारले एक वर्ष बिराएर मर्मत गर्दै आएको छोटी भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहनसिँह डोबालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment