Comments Add Comment

गिनिज बुकमा अमिताभदेखि साहरुखका यस्ता रेकर्ड

बलिउडका नायक–नायिका आफ्नो स्टारडमका कारण विश्वभर चर्चामा छन् । उनीहरुले नाम र दाम मात्र कमाएका छैनन्, अचम्मलाग्दा रेकर्ड पनि बनाएका छन् । उनीहरुले बनाएको रेकर्ड ‘गिनिज बुक’मा पनि उल्लेख छ ।

१. अमिताभ बच्चनः चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को छायांकन जोधपुरमा चलिरहेको समयमा अमिताभ बच्चन बिरामी परेका थिए । तर, बिरामी पर्दा भने उनले चलचित्रको छायांकनलाई निरन्तरता दिए । उनले, आफ्नो सेड्यूल पुरा गरेका थिए । यहीकारण उनको नाम विश्व रेकर्डमा उल्लेख छ ।

२. साहरुख खानः बलिउडका वादशाह मानिने साहरुख खानको फ्यानको कारणले मात्र होइन, सर्वाधिक कमाइका कारण पनि चर्चामा रहन्छन् । उनले सन् २०१३ मा २२० करोड रुपैया आम्दानी गरेका थिए । यहीकारणले उनको नाम ‘गिनिज बुक’मा उल्लेख गरिएको छ ।

३. सोनाक्षी सिन्हाः सन् २०१६ मा सोनाक्षी सिन्हाले आफ्नो नाम गिनिज बुकमा उल्लेख गरेकी थिइन् । उनले सो समयमा एक कस्मेटिक प्रतियोगीतामा भाग लिएकी थिइन् । उनी नङ रंगाउने प्रतियोगीतामा सहभागी भइन् र गिनिज बुकमा नाम लेखाउन सफल भइन् ।

४. अभिषेक बच्चनः एकैदिनमा ६ वटा शहरमा चलचित्रको प्रमोशन गरेर बलिउड नायक अभिषेक बच्चनले गिनिज बुकमा नाम लेखाएका छन् । आफ्नो चलचित्र ‘दिल्ली’को प्रमोशनका क्रममा प्राइवेट जहाजको माध्यमबाट ६ वटा शहरमा चलचित्रको प्रमोशन गरेका थिए । उनले सो समयमा १८ सय किलोमिटर दुरी तय गरेका थिए ।

५. कट्रिना कैफः नायिका कट्रिना कैफले सन् २०१३ मा सर्वाधिक कमाई गरेर गिनिज बुकमा नाम लेखेकी थिइन् । उनले, यो साल ६३.७५ करोड कमाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment