१० फागुन, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट भएको छ । घटनामा ३ जना घाइते भएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको अनलाइनखबरलाई बताए । दुई जनाको अवस्था सामान्य छ ।
घाइते मध्ये बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचाररत् दुई जनाको परिचय खुलेको छैन । यसअघि विहीबार राति बाग्लुङमा पनि एनसेल टावरमा आगजनी भएको थियो ।
यसैबीच, कमलपोखरीको आँगन मिठाई पसल अगाडि पनि शंकास्पद वस्तु भेटिएको छ ।
हाल प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
