
१० फागुन, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएका ३ जनाकै परिचय खुलेको छ ।
घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ ।
अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । हाल घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु खटिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ ।
बिष्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
यो पनि पढ्नुस्, नख्खुस्थित एनसेल मुख्यालयमा विष्फोट, ३ जना घाइते
यसैबीच, कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
काठमाडौंका एसपी अशोक सिंहले बम डिस्पोज भएको पुष्टि गरेका छन् ।
भिडियो
प्रतिक्रिया 4