Comments Add Comment

युट्युबको नकारात्मक प्रभाव, पृथ्वी थेप्चो बन्दै !

Photo Credit : Lionel Bonaventure/AFP/Getty Images

काठमाडौं । इन्टरनेट अहिले सूचनाको सबैभन्दा शक्तिशाली तथा वृहत माध्यम बनिसकेको छ, यसमा कुनै शंका छैन । तर यहीँ इन्टरनेटमा अफवाह तथा गलत जानकारीहरु पनि तिव्र रुपमा फैलिरहेका छन् । यसको ताजा उदाहरण युट्युबको मामिलामा देखिएको छ ।

पृथ्वी गोलाकार छ भन्ने कुरा सबैलाई थाहा छ । तर यु ट्युबका कारण पृथ्वी गोलाकार होइन समतल अर्थात् थेप्चो भएको ठान्ने मानिसहरुको संख्या बढिरहेको छ ।

सन् २०१७ मा अमेरिकाको नर्थ क्यारोलिनामा पृथ्वी गोलो नभै समतल भएको दाबी गर्ने मानिसहरुको वार्षिक सम्मेलनमा किर्तिमानी संख्यामा मानिसहरु भेला भए । त्यसपछि गत वर्षपनि कोलोराडोको डेनवरमा पनि यस्तै धेरै मानिसहरु जुटे ।

अमेरिकाको टेक्सास प्रविधि विश्वविद्यालयका शोधकर्ताहरुले यस विषयमा अनुसन्धान गरेका छन् । उनीहरुले उल्लेखित सम्मेलनमा सहभागी भएका मध्ये ३० जनासँग गरिएको कुराकानीबाट के थाहा भएको छ भने धेरै मानिसहरु पृथ्वी ब्रम्हाण्डमा घुमिरहने गोलो चट्टान होइन कि चेप्टो अर्थात् समतल पिण्ड हो ।

ती ३० जनामध्ये २९ जनाले पछिल्लो २ वर्षमा नै पृथ्वीको आकार सम्बन्धी आफ्नो धारणामा परिवर्तन आएको खुलासा गरेका छन् । उनीहरुलाई २ वर्षअघिसम्म पृथ्वी गोलो थियो भन्ने लाग्दथ्यो । युट्युबमा षडयन्त्र सिद्धान्त सम्बन्धीका विभिन्न भिडियोहरु हेरेपछि पृथ्वीको आकारका विषयमा आफ्नो धारणा बदलिएको उनीहरुको भनाई छ । बाँकी एक जनाले चाहीँ आफुले छोरी ज्वाइँले युट्युबमा देखाएको भिडियोका कारण पृथ्वीको आकार बारेमा जानकारी पाएको बताए ।

शोधकर्ताहरुका अनुसार इन्टरनेट प्रयोगकर्ताहरुमा पछिल्लो समयमा यु ट्युबमा षडयन्त्र सिद्धान्तका विषयका अनेक खाले भिडियोहरु हेरेर गलत जानकारी लिने प्रवृत्ति बढेको छ ।

प्रमुख शोधकर्ता एसले ल्याण्ड्रमका अनुसार “200 proofs Earth is not a spinning ball” शीर्षकको युट्युब भिडियो पृथ्वी गोलो नभै समतल छ भन्ने हौवा पिटाउनका लागि सबैभन्दा प्रभावकारी भिडियो बनेको छ ।

यद्यपि गुगल स्वामित्वको युट्युबले अहिले पृथ्वी वास्तवमै गोलो नै रहेको भन्ने कुराको विश्वास दिलाउने कोसिस गरिरहेको छ । युट्युबमा गलत जानकारी फैलाउने खालका भिडियोमा लगाम लगाउनका लागि युट्युबमा विभिन्न योजना बनाइरहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment