Comments Add Comment

पौराणिक कालमा के वास्तवै यस्ता प्राणी थिए ?

हामीले सुनेका छौं, पौराणिक कालमा एक पात्र थिए, कुम्भकर्ण । हामीले के पनि सुनेका छौं भने, उनी ६ महिना मस्त सुत्थे । अहिले पनि हामी धेरै सुत्नेलाई ‘कुम्भकर्ण’को ट्याग भिराइदिन्छौं ।

के कुनै व्यक्ति ६ महिनासम्म सुतेको सुत्यै गर्न सक्छन् होला ?

पौराणिक कथामा यस्ता अनेक किसिमका पात्र र चरित्रबारे वर्णन छ, जो अहिले सुन्दा हामीलाई पत्यार गरौं/नगरौं भन्ने लाग्छ । यहाँ त्यस्तै पात्रहरुको प्रसंग छ ।

कुम्भकर्ण

कुरा जोडौं कुम्भकर्णकै । उनी ६ महिनासम्म सुत्थे । एक दिन उठ्थे, भोजनका लागि । खान्थे र फेरी सुत्थे ।

भनिन्छ, उनलाई ब्रम्हाजीले इन्द्रासनको ठाउँमा निद्रासनको वरदान मागेका थिए । उनको शरीर विशालकाय थियो । युद्धका क्रममा कुम्भकर्णको निद्रा भंग गरियो । कम्भकर्णले युद्धमा आफ्नो विशाल शरीरबाट बाँदरमाथि प्रहार गर्न सुरु गरे, यसले रामको सेनामा हाहाकार मच्चियो । सेनाको मनोबल बढाउनका लागि रामले कुम्भकर्णलाई निशाना बनाए । रामको हातबाट कुम्भकर्णले वीरगति प्राप्त गरेका थिए ।

विशालकाय मानव घटोत्कच

भीमका बारेमा त हामीले सुनेका छौं । उनी अत्यान्त वलशाली पौराणिक पात्र हुन् । उनका छोरो घटोत्कच र नाती बर्बरीक पनि निकै चर्चित पात्र हुन् । यी दुबै सामान्य मान्छे भन्दा केही गुणा बढी अग्ला थिए । घटोत्कच त यति विशालकाय थिए कि, उसले लात बजारेर रथलाई केही फुट परसम्म मिल्काउन सक्थे । भीमकी असुर पत्नी हिडिम्बाबाट घटोत्कचको जन्म भएको थियो । घटोत्कचको छोरो थिए बर्बरीक । घटोत्कचको बध कर्णले गरेका थिए ।

बाँदर मानव

हामी मानिसहरु आफुलाई बाँदरकै वंश भनी भन्दै आएका छौं । शोधकर्ताका अनुसार आजभन्दा ९ लाख बर्षअघि एक यस्ता विलक्षण बाँदर जाती विद्यमान थिए, जो आजभन्दा १५ देखि १२ हजार बर्षअघि लुप्त भएको थियो । यस जातिको नाम कपि थियो । हनुमानको जन्म कपि नामक बाँदरबाट भएको थियो ।

रामायाण लगायत ग्रन्थमा लेखिएको हनुमानजी र उनको सजातिय बन्धु सुग्रीवका नामका साथ ‘बाँदर, कपि, शाखामृग, प्लवंगम’ आदि विशेषण दिएर त्यो बाँदर प्रजातिको भएको उदाहरण दिइन्छ ।

खासगरी आजभन्दा ९ लाख बर्ष अघि मानव पनि एक यस्तो प्रजाति थिए, जसको मुख र पुच्छर बाँदर समान देखिन्थ्यो । तर, त्यस जातिको बुद्धिमत्ता र शक्ति मान्छेको भन्दा केही बढी थियो । अहिले त्यो प्राणी लोप भएको छ । यद्यपी बाली द्वीपमा अझैपनि पुच्छरधारी जंगली मान्छेको अस्तित्व विद्यामान छ भनिन्छ ।

पंक्षी मानव

भनिन्छ, गिद्ध (गरुड) एक यस्ता प्रजाति थिए, जो बुद्धिमान मानिन्थ्यो । त्यसलाई सन्देश वहाकको रुपमा लिइन्थ्यो । जस्तो कि प्राचिन कालमा परेवाले पनि यस्तै काम गथ्र्यो ।

भगवान विष्णुको वाहन हो, गरुड । प्रजापति कश्यपकी पत्नी विनताको दुई पुत्र थिए, गरुड र अरुण । गरुडजी विष्णुको शरणमा गए र अरुण चाहि सूर्यको सारथी भए । सम्पाति र जटायु यही अरुणका पुत्र थिए । रामको कालमा सम्पाति र जटायु धेरै चर्चित थिए । यी दुबै दन्डकारण्य क्षेत्रमा रहन्थे ।

मत्स्य कन्या

रामयणको थाई वा कम्बोडियन संस्करणमा रावणकी छोरी सुवर्णमछा (सुनकी जलपरी) भएको उल्लेख गरिन्छ । उसले हनुमानले लंकासम्म सेतु बनाउने प्रयासलाई विफल बनाउन लागिपरेकी थिइन् । दन्त्यकथामा भगवान विष्णुको मत्स्यावतारको पनि उल्लेख छ, जसको शरीरको माथिल्लो भाग मानवको र तल्लो भाग माछाको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment