Comments Add Comment

मानार्थ अध्यक्षबाट हटाएर मेरो अपमान गरियो– टासी घले

१३ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष रहेका टासी घलेले आफूलाई पदबाट हटाएर अपमान गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी मानार्थ अध्यक्ष घलेले विधानविपरीत आफूलाई मानार्थ अध्यक्ष पदबाट हटाइएको दाबी गरे ।

एन्फाले मानार्थ अध्यक्ष पदबाट टासी घलेलाई हटाएपछि उनले एन्फाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले मुद्दाको अन्तिम निर्णय नभएसम्मका लागि घलेलाई मानार्थ पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।

कुनै बेला कर्माछिरिङ शेर्पा प्यानललाई विजयी गराउन मुख्य भूमिका खेलेका टासी घले पछिल्लो समय एन्फाविरुद्ध रुष्ट बन्दै आएका थिए । एन्फाको कार्यसमितिको बैठकले एन्फाविरुद्ध लागेको भन्दै उनलाई मानार्थ पदबाट माघ तीन गते हटाउने निर्णय गरेको थियो । तर एन्फाको यो कदमविरुद्ध टासी घले अदालत पुगेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै टासी घलेले भने, ‘लामो समयसम्म फुटबलमा गरेको योगदानलाई कदर गर्दै एन्फाले मलाइ मानार्थ अध्यक्षको पद दिएको थियो तर पछिल्लो कार्यसमितिले हटाएर मेरो अपमान गरेको गरेको छ ।’

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राम्रो काम गर्दै गए साथ दिने पनि मानार्थ अध्यक्ष टासी घलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment