
१४ फागुन, काठमाडौं । चार हजार किलोमिटर ट्रेन यात्रा गरेर उत्तर कोरियाका नेता किम जोङ उन भियतनाम पुगेका छन् ।
उनले त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने छन् । गत वर्ष सिंगापुरमा भेटेका दुई नेताको वार्ता यो पटक भियतनाममा हुन लागेको हो ।
डोङ डाङ सीमासम्म निलो ट्रेन चढेर आएका उनको स्वागतमा रातो कार्पेट विछ्याइएको थियो ।
किम आउनु अघि डोङ डाङ स्टेशन सर्वसाधारणका लागि बन्द गरिएको थियो । त्यहाँबाट उनलाई स्कर्टिङसहित राजधानी हानोइ लगिएको छ । अब उनले कारमा १७० किलोमिटर यात्रागर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4