+
+

राताम्मे बन्यो सेयर बजार, ७ अंकले घट्यो परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते १५:२१

१४ फागुन, काठमाडौं । मंगलबार सेयर बजार राताम्मे देखिएकाे छ । सेयर बजारमा कारोबार हुने सबै समूह राताम्मे देखिँदा कारोबार मापक नेप्से परिसूचकमा ७ अंक भन्दा बढीको गिरावट आएको छ ।

मंगलबार ७ दशमलव १७ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय २ दशमलव ५६ अंकमा झरेको छ । यस अघि साताको पहिलो दिन बजार दोहोरो अंकले घटेको थियो भने दोस्रो दिन सोमबार ७ अंक भन्दा बढीको सुधार आएको थियो ।

सोमबार सुधार भएको बजार मंगलबार पुनः ओरालो लागेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

मंगलबार भएका ३ हजार ६ सय ८१ कारोबारबाट १ सय ६५ कम्पनीका ६ लाख ५३ हजार २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १६ करोड ५६ लाख ७२ हजार २ सय ८५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबारको तुलनामा कारोबार रकम झण्डै ४ करोडले कम हो । सोमबार २० करोड भन्दा माथिको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा मंगलबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पहिलो नम्बरमा देखिएको छ । माथिल्लो तामाकोशीको  ७५ लाख भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?