Comments Add Comment

फेसबुकले ल्याउँदैछ clear history फिचर

सोसल मिडिया प्लाटफर्म फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतिक्षा गरिरहेको एउटा प्राइभेसी फिचर लञ्च गर्दैछ ।

Clear History नामक उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकित्रत गरिएका डाटा डिलिट गर्न सक्नेछन् ।

फेसबुकका प्रमुख वित्तिय अधिकारी डेभिड वेहनेरले बार्सिलोनामा जारी मिडिया एण्ड टेलिकम कन्फ्रेन्सका अवसरमा उक्त जानकारी दिएका हुन् । सन् २०१९ को अन्त सम्ममा उक्त यो फिचर सबै प्रयोगकर्ताका लागि जारी गरिने उनको भनाई छ ।

फेसबुकले उसको विज्ञापन तथा एनालिटिक्स टूल्सको प्रयोग गर्ने साइट तथा एपहरुमार्फत प्रयोगकर्ताका डाटा एकत्रित गर्दछ । अब यो फिचर थप भएसँगै प्रयोगकर्ताले फेसबुकको डाटा स्टोरबाट आफ्नो ब्राउजिङ हिस्ट्री डिलिट गर्न सकिनेछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत मे महिनामा यस्तो खालको फिचर ल्याउने खुलासा गरेको थिए । जुकरबर्गको खुलासा सँगै फेसबुक प्रयोगकर्ताले सो फिचरको प्रतिक्षा गरिरहेका छन् ।

कसरी गर्छ काम ?

यो फिचरको मद्दतले फेसबुक प्रयोगकर्ताले थर्ड पार्टी एप्स तथा वेबसाइको प्रयोग गरी संकलित आफ्ना निजी डाटाहरु डिलिट गर्न सक्नेछन् । क्लिएर हिस्ट्री नामको उक्त नयाँ फिचर कुनै वेब ब्राउजरको अप्सन जस्तै हुनेछ जसमा प्रयोगकर्ताले आफ्नो ब्राउजिङ हिस्ट्री वा कूकीज डिलिट गर्न सक्दछन् । फेसबुकको यो फिचर आएसँगै प्रयोगकर्ताले आफुले फेसबुक मार्फत लगअन गरेको वेबसाइट तथा एप्सका बारेमा पनि थाहा पाउनेछन् र आफ्नो आफ्नो अकाउन्टबाट ती जानकारी पनि हटाउन सक्नेछन् ।

गतवर्ष देखि लगातार प्रयोगकर्ताका निजी डाटाहरुको दुरुपयोग गरिएको विषय लगातार सार्वजनिक हुन थालेसँगै फेसबुक प्रयोगकर्ताको सुरक्षाका बारेमा लगातार दबाबमा रहँदै आएको छ । सोही कारण फेसबुकले प्रयोगकर्ताका लागि आफ्नो गोपनीयतामाथि नियन्त्रण कायम गर्ने विधिहरुमा केन्द्रित रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment