Comments Add Comment

रणवीरको र्‍यापले अमिताभलाई पार्‍यो प्रभाव

बलिउडमा अहिले नायक रणवीर सिंहको चर्चा निकै चलिरहेको छ । लगातार सफल चलचित्रमा काम गरेपछि उनको चर्चा ह्वात्तै चुलिएको हो । पछिल्लो समय रिलिज भएको चलचित्र ‘गल्ली ब्वाई’मा र्यापर बनेका रणवीरको यो भूमिकालाई रुचाउनेको संख्या धेरै छ । दर्शकले मात्र होइन, समिक्षकले पनि उनको कामलाई रुचाएका छन् ।

यस्तैमा उनको र्‍यापबाट बलिउड महानायक अभिताभ बच्चन पनि प्रभावित भएका छन् । अहिले चलचित्र ‘बदला’को प्रचारमा लागिरहेका अभिताभले ‘बदला’ चलचित्रमा र्‍याप गर्ने समाचार बाहिरिएको छ । अमिताभले ‘औकात’ बोलको र्याप गीत रेकर्ड गराएका छन् ।

निर्देशक संजय घोस पनि रणवीरको र्‍यायबाट प्रभावित भएर चलचित्रको लागि प्रमोशन र्याप गीत तयार पार्न लागेको बताउँछन् । यो गीत चलचित्रमा भने समावेश हुने छैन । निर्माणटिमले, यो गीतलाई प्रमोशनको रुपमा मात्र प्रयोग गर्नेछ ।

चलचित्रमा अभिताभ बच्चनसँगै ताप्सी पन्नुको पनि मुख्य भूमिका छ । चलचित्रको सार्वजनिक ट्रेलरले निकै राम्रो हाइप बनाउँदा यसको निर्माणपक्ष पनि चलचित्र चल्नेमा ढुक्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment