Comments Add Comment

मापदण्ड बिपरीतका ४ औषधिको बिक्रीवितरणमा रोक

Photo Credit : फाइल फाेटाे

१७ फागुन, काठमाडौं । औषधि व्यवस्था विभागले तीन नेपाली र एक भारतीय कम्पनीले उत्पादन गरेका ४ प्रकारका औषधि मापदण्डअनुसारको नरहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा ललितपुरको बिजयदीप ल्याबोरोटोरिस लिमिटेडले उत्पादन गर्दै आएको महुमेह जोखिम कम गर्ने भी-मेट ५०० (मेटफोरमीन एचसीएआई ट्याबेलट्स आईपी) का चार ब्याचको उत्पादनमा रोक लगाएको हो ।

यस्तै विभागले वीरगंगको एपेक्स फार्मास्युटिकल्स प्रालिको मधुमेट-५०) (मेटफोरमीन हेल ट्याबलेट आईपी) को एउटा ब्याचको उत्पादन न्युन गुणस्तरको भन्दै तत्काल बिक्रीवितरण नगर्न निर्देशन दिएको छ ।

प्रयोगशालामा परीक्षणका क्रममा यी ट्याबलेट मापदण्ड अनुसारको नपाइएपछि बिक्रीबितरण रोक्का गरिएको विभागका बरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीले अनलाइखबरलाई जानकारी दिए ।

उनका अनुसार ति औषधिमाथि थप अनुसन्धान भइरहेको छ । यस्तै विभागले बाराको आर्या फर्माल्याब प्रालिका दुई र भारत उत्तराखण्डको यूरोलाईफ हेल्थकेयर प्रालिको एउटा औषधिलाई पनि बिक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

नमूना परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएपछि आर्या फर्माल्याबको पोल्जीज-एनजेड १५ ग्रामका दुई वटा ब्याचको उत्पादन र यूरोलाईफको रिंगर लेक्टेट सोलुसर फर ईन्जेक्सन आईपीको एउटा ब्याचको बिक्रीवितरण रोकेको छ ।

विभागले यी औषधिको उपभोग सिफारिश नगर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।  थप अनुसन्धान र परीक्षणको नतिजाका आधारमा यी औषधिमाथि प्रतिबन्ध लगाउने/नलगाउने निर्णय हुने बरिष्ठ औषधि व्यवस्थापक क्षेत्रीले अनलाइनखबरसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment