
वैशाख २७ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘पसिना’को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य भूमिकामा नायक गौरव पहारी र नायिका अनु शाहले काम गरेपनि यो गीतको भिडियोमा भने नायिका छुल्ठिम गुरुङलाई फिचरिङ गरिएको छ ।
‘सुनैको दरबार’ बोलको गीतमा मिना निरौलाको स्वर समावेश छ । गीतमा दिपक शर्माको संगीत छ भने निर्देशक आर.बी.के खत्रीको शब्द छ । निरज कँडेलको छायांकन रहेको गीतको भिडियोमा भरत रेग्मीको सम्पादन छ ।
यो चलचित्रले पसिनाका लागि राम्रो मनले कर्म गर भन्ने कथालाई उठान गरेको छ । चलचित्रमा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला लगायतका कलाकारको मुख्य भूमिका छ ।
सञ्जय महत्तो कार्यकारी निर्माता रहेको चलचित्रमा शान्ता ढकालको लगानी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4