+
+

रियल मड्रिड बाहिरियो, आयाक्सको सनसनीपूर्ण जीत

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते ७:११
Photo Credit : च्याम्पियन्स लिग

२२ फागुन, काठमाडौं । साविक विजेता रियल मड्रिडले नसोचेको नतिजा हात पार्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । आयाक्स भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४-१ गोलअन्तरले पराजित भएको हो । समग्रमा रियल मड्रिडले ५-३ गोलअन्तरको हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगमा भने रियल मड्रिडले आयाक्सलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो लेगमा आफ्नो अग्रता भएपनि दोस्रो लेगमा नराम्ररी पराजित हुँदै रियलले प्रिक्वाटरफाइनलमै च्याम्पियन्स लिगको यात्रा सकाएको हो ।

आयाक्सले रियलमाथि नसोचेको नतिजा हात पारेको हो । पहिलो हाफमा दुई गोल गरेको आयाक्सले दोस्रो हाफमा थप दुई गोल गर्दा रियलले एक गोल फर्काउन सफल भएको थियो ।

खेलको सातौं मिनेटमा नै हाकिम जियाचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै अग्रता बनाएको आयाक्सले खेलको १८औं मिनेटमा दोब्बर अग्रता बनायो । यो पटक डेभिड नेरेसले गोल गरेका थिए ।

त्यस्तै, ६२ औं मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको अग्रतालाई ३-० मा पुर्‍याएका थिए । तर मार्को एसेन्सियो ७० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरेका थिए । लसी स्चोनले ७२ औं मिनेटमा गोल गर्दै आयाक्सलाई ४-१ गोलको जित दिलाए ।

पछिल्लो समयमा रियल मड्रिड निकै कमजोर टिम बन्दै गइरहेको छ । विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोलाई आफ्नो क्लबबाट बिक्री गरेपश्चात रियलको खेल स्तर निकै घटेको छ । आयाक्सविरुद्धको खेलमा भने नियमित कप्तान सर्जियो रामोस पनि थिएनन् । उनी दुई खेलको प्रतिबन्धमा छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?