+
+
Shares

सलमानसँग भारतमा काम गर्दा उत्साहित कट्रिना

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते ११:३१

बलिउड नायक सलमान खान स्टारर चलचित्र ‘भारत’को पूर्ण छायांकन सकिएको छ । यो चलचित्रमा सलमानको जोडीको रुपमा नायिका कट्रिना कैफ देखिएकी छिन् । कट्रिनाले नै इन्स्टाग्राममा सलमानसँगको एक फोटो पोस्ट गर्दै भारतको छायांकन सकिएको बताएकी छिन् ।

कट्रिनाले इन्स्टाग्राममा चलचित्रलाई लिएर आफू निकै उत्साहित भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘यो चलचित्र मेरो लागि पूर्ण नयाँ र उत्साहित चलचित्र बनेको छ । चलचित्रको निर्माणको सम्पूर्ण कुरा मेरो लागि प्रेरणादायी भएको छ ।’ कट्रिनाले अली अब्बास जफर र सलमान खानलाई धन्यवाद समेत भनेकी छिन् ।

‘भारत’ यो वर्षको प्रतिक्षित चलचित्र मध्येको एक हो । अली अब्बास निर्देशित ‘भारत’ हिन्दी भाषामा मात्र नभएर अन्य तीन भाषामा डबिङ गरी रिलिज गर्ने तयारी भइरहेको छ । इदमा रिलिज गरिने यो चलचित्रलाई तामिल, तेलुगु र मलयालम भाषामा पनि डबिङ गरीने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?