Comments Add Comment

सेयर बजार हरियाली, ९ अंकले बढ्यो नेप्से परिसूचक

२२ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार २ दशमलव ६ अंकले बढेको सेयर बजार बुधबार ९.१२ अंकले बढेको हो ।

बजारमा ९.१२ अंकको सुधार आउदा नेप्से परिसूचक १ हजार १ सय ११ दशमलव ७६ मा आइपुगेको छ ।

परिसूचकमा राम्रै सुधार आए पनि कारोबार रकममा भने झिनो गिरावट देखिएको छ । दिनभर भएका ४ हजार ३ सय २ कारोबारबाट विभिन्न कम्पनीका ८ लाख २६ हजार १३ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम २२ करोड ४६ लाख ६६ हजार रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम करिब ६ लाख रुपैयाँले कमी हो । मंगलबार २२ करोड ५२ लाख २१ हजार रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा बुधबार नेपाल कमर्श एण्ड क्रेडिट बैंक (एनसीसी) पहिलो स्थानमा देखिएको छ । एनसीसी बैंकको १ करोड ४६ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । एनसीसी पछि धेरै कारोबार हुनेमा नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment