
२३ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार हुने दिन बिहीबार सेयर बजारमा १६ अंकको वृद्धि देखिएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ०१ अंकले बढेर १ हजार १ सय २७ दशमलव ७७ को बिन्दुमा पुगेको हो ।
नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा समेत बिहीबार सुधार देखिएको छ । दिनभर भएका ५ हजार ५ सय १५ कारोबारबाट विभिन्न कम्पनीका ११ लाख ६८ हजार ३ सय ४ कित्ता सेयर किनबेच भएका छन् । जबकी बुधबार ८ लाख २६ हजार १३ कित्ता मात्रै सेयर किनबेच भएका थिए ।
जस अनुसार कारोबार रकम २९ करोड ३९ लाख ३८ हजार २ सय ३ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबारको तुलनामा बिहीबार करिब ७ करोड रुपैयाँले कारोबार रकम बढेको हो । बुधबार २२ करोड रुपैयाँको हाराहारीमा कारोबार भएको थियो ।
बिहीबार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको १ करोड ९९ लाख २७ हजार १ सय ९० रुपैयाँको कारोबार भएको नेपसेले जनाएको छ ।
प्रतिक्रिया 4