
२५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार रौटहटमा आमसभा आयोजना गर्दै छ । गरुडामा हुने आमसभालाई सम्बोधन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड केहीबेरपछि रौतहट प्रस्थान गर्नेछन् ।
उनीहरुले सभामार्फत पार्टी एकता एवम् मधेस मुद्दामा नेकपाको सन्देश प्रवाह गर्ने छन् । आमसभामार्फत् अध्यक्षद्वयले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिने नेकपा प्रदेश २ इञ्चार्ज सत्यनारायण मण्डलले बताए ।
संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा नगरेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको उनले बताए । सभामा एक लाख जनता उतार्ने दाबी उनले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4