Comments Add Comment

आमा भइसकेपछि पनि कसरी देखिने स्टाइलिस र फिट ?

अक्सर के धारणा छ भने, विवाहअघि मात्र युवतीहरु आफ्नो सौन्दर्य, फेसन, शृंगार, करियरको बारेमा बढी सर्तक हुन्छन् । तर, के जब कुनै युवतीले विवाह गर्छन्, उनका यी सबै आंकक्षा ओइलाउँछ ? उनको इच्छाहरु सेलाउँछ ?

स्वभाविक त के भने, विवाह गरेपछि उनीहरुको दायित्व बढ्छ । पराई घरमा आफुलाई एडजस्ट गर्नुपर्छ । अब उनीहरुले आफ्नो लागि मात्र होइन, श्रीमान्का लागि पनि आफुलाई समर्पित गर्नुपर्छ ।

दम्पात्य जीवन सुरु भएसँगै उनीहरु आमाबुवा बन्छन् । आफ्नै गर्भको छोराछोरी हुर्काउन थाल्छन् ।

यहाँसम्म आइपुग्दा महिलाले विगतमा झै फेसन, स्टाइल, मेकअप आदिलाई चटक्कै भुल्छन् त ? वा भुल्नुपर्छ त ? आफुलाई फिट एन्ड फाइन राख्नुपर्छ भन्ने कुरा त्याग्छन् त ?

पक्कै होइन । विवाह गरेपछि जरुर उनीहरुको भूमिका फेरिन्छ । तर, विवाहपछि कसैकी श्रीमती भइसकेपछि, कसैकी बुहारी भइसकेपछि, कसैकी आमा भइसकेपछि पनि उनीहरुले आफ्नो सौन्दर्यलाई, आफ्नो शारीरिक रुपरेखालाई ख्याल राख्न सक्छन् । राख्नुपर्छ पनि ।

कसैकी श्रीमती हुनु वा आमा हुनु भनेको सम्पूर्ण रुपमा महिलाहरुले आफ्नो सौन्दर्य, पहिरन, शैलीलाई त्याग्नुपर्छ भन्ने होइन । यद्यपी यस विन्दुमा आइपुगेपछि उनीहरुले आफुलाई मेन्टेन गर्नुपर्ने चुनौती चाहि हुन्छ ।

किनभने विवाह गरेपछि उनीहरुमध्ये कतिलाई करियरको चिन्ता हुँदैन, डेट जाने, प्रेम गर्ने चक्कर पनि हुँदैन । त्यसैले उनीहरु एक हिसाबले सन्तुष्ट हुन्छन् । अर्कोतिर गर्भ रहन्छ । र, गर्भ रहेसँगै उनीहरुले खानपानमा जोड दिनुपर्छ । आरममा जोड दिनुपर्छ । यसले गर्दा उनीहरु मोटाउन थाल्छन् । सौन्दर्यमा भन्दा स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

आमा बनेपछि महिलाहरुको तौल अचानक बढ्न थाल्छ । र, पुट्ट पेट बाहिर निस्कन थाल्छ । गर्भावस्थामा हुने हर्मोनको बदलाव, खानपानको गडबडी तथा परिवर्तित जीवनशैलीका कारण महिलाहरुमा यो समस्या देखिने गर्छ ।

त्यसो भन्दैमा आमा बनेकै कारण सबैमा यो समस्या नहुनसक्छ । विशेषगरी, सही डाइट तथा सही लाइफस्टाइल अपनाएको खण्डमा बच्चा जन्माइसकेपछि पनि महिलाहरु फिट र स्लिम रहन सक्छन् ।

नपत्याए बलिउड अभिनेत्री शिल्पा शेठ्ठी, करिना कपूर खान, ऐश्वर्या राय तथा बलिउड अभिनेता साहिद कपूरकी श्रीमती मिरा राजपूतलाई नै हेर्नोस् । उनीहरुले पनि सन्तानलाई जन्म दिइसकेका छन् ।

यसका बाबजुद पनि उनीहरु उत्तिकै फिट तथा स्लिम छन् । यसका लागि उनीहरु यो तरीका अपनाउन्छन् ।

प्रशस्त मात्रामा पानीको सेवन

आˆनो तौललाई  भनेजस्तो तरीकाले कम गर्नु छ भने प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ । शरीरमा जति पानी रहन्छन्, तौल घटाउन उत्ति नै सजिलो हुन्छ । र, तौल घटाउनकै लागि पनि दिनमा कम्तीमा पनि दश गिलास पानी पिउनु पर्छ ।  यसले शरीरको विषाक्त तथा चिल्लोलाई बाहिर निकाल्न मद्दत गर्छ । शरीर स्फूत हुनुका साथै अनुहारमा समेत चमक आउँछ ।

जे पायो त्यही नखाने

तौल घटाउन चाहने व्यक्तिले पायो भन्दैमा जे पायो त्यही खानु हुँदैन । हरेक खानेकुरा चुनेर तथा कत्तिको स्वास्थ्यवर्दक छ, हेरेर मात्र खानुपर्छ । सकेसम्म चिल्लोरहित तथा चिनीको मात्रा कम भएको खानेकुरा खानुपर्छ । पोषक तत्वलाई महत्व दिनुपर्छ । मम, चाउमिन, पिज्जा लगायतका जंकफुड खानुहुँदैन । ताजा फलफूल, सागसब्जी तथा लो फ्याट डेरी प्रोडक्ट खानुपर्छ ।

पास्ता, बे्रड, अण्डा, बदाम, ड्राइ फ्रुट्स पनि मज्जाले खान सकिन्छ । बलिउड नायिका करिना कपूरकी डाइटिसियन रुजुता दिवाकर भन्छिन्, अभिनेत्रीहरुले जुन डाइट फलो गर्छन्, सर्वसाधारणले पनि त्यही डाइट फलो गर्नु पर्छ भन्ने जरुरी छैन । शरीर जस्तो छ त्यही अनुसारको डाइट खाएर मात्र पनि शरीरलाई फिट राख्न सकिन्छ ।

योग र एक्सरसाइज

सन्तुलित आहारका साथमा नियमित व्यायाम जरुरी छ । व्यायामले तनाव तथा अनिद्राको समस्या हटाउँछ । आफूलाई फिट राख्न योगा वा एरोविक्स पनि राम्रो विकल्प हुनसक्छ । यसबाहेक, स्वीमिङ्ग तथा जगिंग पनि गर्न सकिन्छ ।

स्तनपान

गर्भावस्था पश्चात्त आफूलाई फिट राख्न स्तनपान गराउन निकै आवश्यक छ । यसले तौल तुरुन्तै नियन्त्रित गर्न मद्दत गर्छ । किनकी शिशुलाई नियमित स्तनपान गराउनाले शरीरबाट पाँच सय क्यालोरी कम हुन्छ । त्यसैले, स्तनपान गराउनु आमा र शिशु दुवैको लागि फाइदाजनक छ ।

निद्रा

शरीरको लागि उचित खानपान तथा व्यायाम जति जरुरी छ, पर्याप्त निद्रा पनि उत्तिकै जरुरी छ । तर शिशुलाई जन्म दिएपछि महिलाहरुले प्राय राम्ररी सुत्न पाइरहेका हुँदैनन् । र, पर्याप्त निद्रा नभएमा यसले भोकलाई नियन्त्रण गर्ने हर्मोनलाई असर गर्न थाल्छ । परिणामस्वरुप, महिलाहरु ओभर इटिङ्गको शिकार हुन्छ । उनीहरुले आवश्यकता भन्दा बढी खान थाल्छ । र , तौल कम गर्नुको साटो उनीहरुको तौल बढ्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment