+
+
Shares

विप्लव समूहको प्रतिक्रिया : राज्य दमनमा उत्रिए प्रतिवाद गर्छौं

सरकारले वार्ताका लागि प्रयास नै नगरेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते २२:०१

२८ फागुन, काठमाडौं । नेकपा विप्लव समूह समूहले आफूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई षड्यन्त्रको संज्ञा दिएको छ । उसले सुरुमा सरकारी निर्णयको भण्डाफोर गर्ने र दमनमा उत्रिए प्रतिवाद गर्ने बताएको छ ।

मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारी निर्णयपपछि विप्लव समूहका शीर्षनेताहरु सञ्चारकर्मीहरुको सम्पर्कमा आउन चाहेका छैनन् ।

यसैवीच पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की जीवन्तले भने सिके राउतसँग सहमति गरेको सरकारले आफूहरुमाथि प्रतिवन्ध लगाउने षड्यन्त्र भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘जनतामाझ जान्छौं र सरकारको निर्णयको भण्डाफोर गर्छौं, राज्य दमनमा उत्रिए प्रतिवाद गर्छौं ।’

पार्टी नेतृत्वबाट यही सन्देश सम्प्रेषण भएको पोलिटब्यूरो सदस्य कार्कीले बताए । साथै आजभोलिमै सरकारको निर्णयबारे महासचिव विप्लवबाट आधिकारिक वक्तव्य आउने कार्कीले संकेत गरेका छन् ।

सरकारले वार्तामा बोलाउँदा तपाईहरु किन नआएको भन्ने अनलाइनखबरको प्रश्नमा कार्कीले आफ्नो पार्टीसँग सरकारले वार्ताका लागि गम्भीर प्रयास नै नगरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?