+
+
Shares

राप्रपाको मेची महाकाली स्वाभिमान यात्रा काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते १९:२१

२९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौं आइपुगेको छ ।

पूर्वको ताप्लेजुङबाट फागुन १५ गते सुरु भएको यात्रा सुदूरपश्चिमसम्म पुगेर काठमाडौं फर्किएको हो । मेची महाकाली यात्राको टोली अध्यक्ष कमल थापासहित बुधबार पोखराबाट काठमाडौं फर्किएको हो ।

यात्राका क्रममा ३७ जिल्लामा दुई हजार ८ सय १० किलोमिटर यात्रा गरेको र साना ठूला गरी १ सय ५२ सभा भएको राप्रपाले जनाएको छ । राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन कलश यात्रासहित चैत १ गते भृकुटीमण्डपमा गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएर राप्रपाले आन्दोलनको कार्यक्रम सुरु गरेको थियो ।

राप्रपाले हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने, २०४७ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका विभिन्न माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?