+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी एक्विजिशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १९:०१

५ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था अझ सुदृढ गराउन लिएको मर्जर तथा एक्विजिशन नीतिलाई आत्मसात गर्दै बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोवार समेत बृद्धि गर्नका लागि हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

सहमतिपत्रमा ग्लोबल आइएमई बैंक लि.को तर्फबाट मर्जर तथा एक्विजिशन समिति सदस्य सुर्दशन श्रेष्ठ तथा हाथवे फाइनान्स कम्पनी लिमिटेडको मर्जर तथा एक्विजिशन समिति सदस्य नवराज नेपालले हस्ताक्षर गरे ।

ग्लोबल आईएमई बैंक लिले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सहमति पत्रमा मिति २०७५ साल चैत्र ३० गते हस्ताक्षर गरेको हो । उक्त एक्विजिशन कार्य ३ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाथवे फाइनान्स कम्पनी लिमिटेडको कुल चुक्ता पूँजी रु.३० करोड रहेको छ ।

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्िटच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट र लर्ड बुद्ध फाईनान्स, संग सफल मर्जर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?