+
+

कन्फर्मः भन्सालीको ‘इन्साअल्ला’मा सलमान र आलिया फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते १२:२९

लामो समयदेखि भारतीय मिडियामा संजयलिला भन्सालीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्रमा नायक सलमान खान र साहरुख खानले काम गर्ने चर्चा थियो । त्यसको केही समयपछि नै यो चलचित्रमा नायिका आलिया भट्टले पनि काम गर्न सक्ने चर्चा भयो ।

तर, यी सबै चर्चामा अब विश्राम लागेको छ । सफल निर्देशक संजयलिला भन्सालीको चलचित्रका लागि कलाकार फाइनल भएका छन् । यो चलचित्रमा नायक सलमान खान र नायिका आलिया भट्ट फाइनल भएका छन् । यो चलचित्रको नाम ‘इन्साअल्ला’ राखिएको छ । चलचित्रको कस्तो बिषयमा बन्ने छ भन्ने खुलेको छैन । चलचित्रमा सलमान खान सोलो नायकको रुपमा रहनेछन् ।

नायक सलमान खान र नायिका आलिया भट्टले पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् । योसँगै नायक साहरुख खानले पनि चलचित्रमा काम गर्ने भन्ने चर्चा हल्ला मात्र रहेको पुष्टी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?