८ चैत, विराटनगर । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्यो ।
साफमा आफ्नो एकछत्र राज गर्ने क्रममा भारतले चार पटक फाइनलमा नेपाललाई नै पराजित गरिसकेको छ ।
प्रतियोगितामा फाइनल खेलको मोस्ट भ्यालुएभल प्लेयरको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन् । उनले फाइनल खेलमा पहिलो गोल गरेकी थिइन् ।
यस्तै बंगलादेशले ‘फेयर प्ले टिम अवार्ड’ जितेको छ । समूह चरणमा भुटानलाई जितेको बंगलादेश समूह चरणमै नेपालसँग र सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।
उच्च गोलकर्ताको अवार्ड नेपालकी सावित्रा भण्डारीसँगै भारतकी इन्दुमतिले पाइन् । प्रतियोगितामा दुवैले चार/चार गोल गरेका थिए ।
प्रतिक्रिया 4