
८ चैत, डडेल्धुरा । २४औं विश्व पानी दिवसको असवरमा शुक्रबार महाकाली नदीको पानीको गुणस्तर मापन गरिएको छ ।
जिल्लाको भित्री मधेस जोगबुढाको परशुराम नगरपालिका भएर बग्ने महाकाली नदीको पानीको गुणस्तर पहिलो पटक मापन गरिएको हो ।
रंङुन पन्तुरा खोला र महाकाली नदीको दोभानबाट पानी संकलन गरी गुणस्तर मापन गरिएको हो ।
परशुराम नगरपालिका ५, ६ का वडाअध्यक्ष, छिमेकी रष्ट्र भारतको पूणर्ागरी ग्राम पन्चक प्रतिनिधिलगायत महाकाली किनार बेसिन समुदाय स्थानीयहरुको सहभागितामा पानीको गुणस्तर मापन गर्न लागिएको हो ।
पानीको गुणस्तर मापनले पानीको शुद्धता, फोहोरको मात्रा, पानीमा घुलित तत्वको मापन, जैविक तत्वको मात्राबारे जानकारी मिल्ने वातावरण विद् कृष्ण देव जोशीले बताए ।
यसका साथै पानीमा कुहिने तत्वको जानकारी, पानीमा रहेका जीवमा यसको असरलगायत बाली बोटबिरुवा, बनस्पतिमा यसले पर्ने असर पत्ता लगाइ समस्या समाधानका लागि प्रयास गर्न सकिने वातावरण विद् जोशिको भनाइ छ ।
महाकालीको पानी यस क्षेत्रका स्थानीयहरुले खानेपानी, सिँचाइ, सरसफाइका लागि प्रयोग गर्दै आएका छन् ।
प्रतिक्रिया 4