+
+

एनआईसी एशिया क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १९:३०

१० चैत, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरेको छ ।क्यापिटलको ५५औ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।

विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको कार्यकालमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटल बाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?