
१० चैत, काठमाडौं । प्रभु बैंक लिमिटेडले संखुवासभाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा कार्यालयको खाँदवारी नपाका मेयर मुरारी प्रसाद खतिवडाले एक समारोहका विच उद्घाटन गरे ।
त्यसैगरी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखाको माननीय प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरे ।
खाँदवारी शाखा कार्यालय र गाईघाट शाखा कार्यालय समुद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका दुवै प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप\mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै त्रियुगा नगरपालिका र खाँदवारी नगरपालिकाबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसायविस्तार गर्न तथा आप\mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।
प्रतिक्रिया 4