+
+

सरकार पूर्ण असफल : डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १२:५५

११ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफलताउन्मुख रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बाहृय लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको बताएका हुन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारको एकवर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दावी गरे ।

उनले भने, ‘राजश्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो, भनेर आफैंले भनिरहेको छ । यी सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ ।’

जनताको अपेक्षाअनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको उनको भनाइ छ ।

संयोजक भट्टराईले वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?