
१२ चैत, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डबाट यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा एक जना घाइते भएका छन् ।
नारायणगढबाट कुरिनटार जाँदै गरेको ना ५ ख ३६८२ नम्बरको बस गएराति सवा १० बजेतिर इच्छाकामना–४, घोप्टेभिरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा तनहुँको व्यास नगरपालिका ५ बस्ने २५ वर्षीय निशान परियार घाइते भएका छन् । उनको उपचार चितवनको पुरानो मेडिकल कलेजमा भइरहेको छ ।
बसमा तीन जना मात्र भएकाले धेरै क्षति नभएको चितवन प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4