+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बेरोजगारलाई भत्ता होइन रोजगार : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १५:२०
Photo Credit : फाइल फाेटाे

१७ चैत, काठमाडौं । पूर्वप्रधामन्त्री माधवकुमार नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि सधैका लागि यो ठीक नभएको बताएका छन् ।

आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशालामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बेरोजगार भत्ताले युवाहरुमा परनिर्भता बढ्न सक्ने भन्दै उनले भत्ता होइन रोजगार सिर्जना गर्नु पर्ने बताए ।

राज्यले आफ्ना देशका युवाहरुलाई रोजगारीका लागि योग्य बनाउन कसरी हुन्छ काम गर्नु पर्ने उनले बताए । नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै उनले पाठ्क्रम पनि परिमार्जन गर्नुपर्ने बताए ।

पाठ्यक्रम परिमार्जन गरेर राज्यले सिप आर्जन हुने किसिमको शिक्षा नीति बनाउनु पर्ने उनको सुझाव थियो । तर सबै कुरामा राज्यकै भर नपर्न युवाहरुलाई उनको सुझाव थियो ।

‘राज्यले रोजगारी दिन अग्रसरता देखाउनु पर्छ, तर राज्यले दिन्छ भनेर भर नपर्न भने म युवाहरुलाई आग्रह गर्छु’ उनले भने, ‘एदम गर्नुस, स्वरोजगार बन्नुस, गाई पालेर सफल भएका उदाहरण धेरै छन् ।’

स्वरोजगार बन्न आत्मविस्वास चाहिने भन्दै बलियो आत्मविस्वास भएर उद्यम गर्न पूर्वप्रधानमन्त्री नेपालले युवाहरुलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?