+
+

सिप्रदीयन सहायता संस्थाद्वारा हावाहुरी पीडितलाई राहत वितरण

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते १८:५२

२० चैत, काठमाडाैं । सिप्रदी ट्रेडिङको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र बारा र पर्साका हावाहुरी प्रभावितलाई राहत वितरण गरेको छ ।

उक्त कार्यक्रम स्थानिय प्रशासन तथा स्थानिय प्रतिनिधिहरुको समन्वयमा सम्पन भएको सिप्रदीले जनाएको छ । सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयंसेवक टिमद्वारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै हावाहुरी प्रभावित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा वितरण गरेको छ ।

यसैगरि बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै हावाहुरी प्रभावित परिवारलाई चामल, दाल, नुन र खाना पकाउने तेल वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?