+
+

चैत २९ गतेदेखि दोस्रो चन्द्रागिरी महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते ११:११

२१ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आगामी २९ चैतदेखि ७ वैशाखसम्म महोत्सव आयोजना हुने भएको छ ।

धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा कला, संस्कृति र प्राकृतिक सौन्दर्यताको पहिचान बढाउने उद्देश्यले दोस्रो चन्द्रागिरी महोत्सव हुन लागेको हो ।

महोत्सवक चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सह–आयोजनामा हुने प्रचारप्रसार समितिका रोशन दानीले बताए ।

उनका अनुसार महोत्सव चन्द्रागिरी–१२ गुर्जुधारामा हुनेछ । पर्यटकीय स्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र अझ चिरपरिचित गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिका प्रमुख घनश्याम गिरीले बताए ।

नौ दिनसम्म चल्ने महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलनगायतका १०० बढी कक्ष रहने महोत्सवका संयोजक रामनारायण घिमिरे बताए ।

महोत्सवमा चन्द्रागिरिको पृष्ठभूमि झल्कने होर्डिङबोर्ड, फोटो प्रदर्शनी तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना हुनेछ । पछिल्लो समय दहचोक, कालुपाण्डे समाधि स्थल, मातातीर्थ, थानकोट, मच्छेनारायण जस्ता पर्यटकीय तथा धार्मिक स्थल रहेको पर्यटकीय स्थललाई प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगेको छ । महोत्सवमा स्थानीय स्तरका झाँकी प्रदर्शन समेत गरिने जनाइएकोृ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?