+
+

काठमाडौंलाई प्रदुषणमुक्त बनाउने सर्वेन्द्र खनालको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १५:३८

२१ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंलाई प्रदुषणमुक्त बनाउने दाबी गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ल्याएको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गर्दै उनले धुँवाको मुस्लो फाल्ने गाडीलाई नियन्त्रणमा लिन निर्देशन दिएका हुन् । ‘धुलो र धुँवाको मुस्लो फाल्ने पुराना गाडीलाई नियन्त्रणमा लिन कसैले सोच्नु पर्दैन’, खनालले भनेका छन्, ‘अब काठमाडौं उपत्यका सफा हुनुपर्छ ।’

उनले अब प्रशासनिक झन्झटमा अल्झेर बसेर नहुने समेत बताए । ‘यो प्रधानमन्त्रीज्यूको पनि इच्छा र चाहना हो’, उनले भने, ‘गृहमन्त्रालयको गृह प्रशासन सुधार योजना अनुसार पनि यो अभियान थालेका हौं ।’

अभियानमा महानगर, नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतबाट पनि सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।

उनले स्थानीय निकासँग मिलेर सडकको फुटपाथ अतिक्रमण हटाउने कार्य पनि थालिने बताए । ‘अभियान अन्तरगत तयार हुने ट्राफिक एक्सन टिमले यो काम गर्नेछ’, उनले थपे, ‘ट्याक्सी स्ट्याण्ड र बस पिकेट पनि अब व्यवस्थित हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?