+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

वैशाख २६ देखि काठमाडौंमा औद्योगिक प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १५:११
Photo Credit : एफएनसीएसआई नेपालको फेसबुकबाट

२१ चैत, काठमाडौं । आगामी वैशाख २६ देखि काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार-२०७६ कार्यक्रम आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीबारे जानकारी दिइएको हो ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग विकास समितिद्वारा राष्ट्रियस्तरमा विगत २९ वर्षदेखि सञ्चालन हुँदै आएको औद्योगिक प्रदर्शनी यस वर्ष उद्योग विभाको आयोजनामा २६ देखि शुरु हुने भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग, महासंघ सहआयोजक रहेको प्रदर्शनी वैशाख ३० गतेसम्म चल्नेछ । ‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सवै जुटौं’ भन्ने मूल नाराका साथ यस वर्ष प्रदर्शनी आयोजना गर्न लागिएको उद्योग विभागले जनाएको छ । प्रदर्शनीमा लघु तथा घरेलु उद्योगहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शनी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?