
अजय देवगन, ९० को दशकमा एक्सन फिल्म औधी रुचाउनेहरुको खास्सा हिरो । ‘फूल और कांटे’ हुँदै ‘जीगर’, ‘विजयपथ’, ‘दिलवाले’, ‘दिलजले’, ‘इश्क’सम्म आइपुग्दा उनी एक्सन हिरोबाट लभर ब्वाईमा रुपान्तरण भइसकेका थिए । त्यसबेला अजय देवगनको डायलग, स्टाइल खुब बिक्थ्यो ।
अहिले बलिउडमा छोरा पुस्ताको बोलवाला छ । यद्यपी अजयको ‘मार्केट’ घटेको छैन, उस्तै छ । पछिल्लो समय उनी ‘सिंघम’ बनेर बजार पिटिरहेका छन् । अहिले उनको एक्सन छवीसँगै कमेडी पनि जमेको छ । रोहित शेट्टीको ‘गोलमाल’ शृंखलादेखि इन्द्र कुमारको ‘धमाल’सम्मले उनलाई कमेडी हिरोको रुपमा पनि ख्याती दिलाएको छ ।
अतः भर्खरै मात्र अजय देवगन ५० बर्ष पुगे । अर्थात आफ्नो जीवनको स्वर्ण बर्ष । यहाँ उनीसँग जोडिएका केही रमाइला प्रसंगहरु प्रस्तुत गरिएको छ ।
अजय देवगनका रमाइला प्रसंग
अजय देवगनको खास अर्थात असली नाम विशाल वीरु देवगन हो । उनका नजिकका एवं घर परिवारका सदस्यले अजयलाई ‘राजू’ नामले बोलाउँछ ।
अजयको खास चिनारी एक्सन हिरोको रुपमा छ । यद्यपी उनी रोमान्टिक र कमेडी हिरोको रुपमा पनि उत्तिकै जमेका छन् ।
सबैलाई थाहै छ, अजय देवगनले अभिनेत्री काजोलसँग विवाह गरे । अहिले उनीहरु दुई छोराछोरीका आमाबुवा बनेका छन् । दुबै छोराछोरी हुर्किसके । यतिबेला पनि काजोल र अजयको लभ लाइफबारे चाहि चर्चा भइरहन्छ ।
रमाइलो त के भने, जतिबेला काजोल र अजय देवगन एउटै फिल्ममा काम गर्थे, त्यसबेला काजोल अरु कसैसँगको अफेयरमा थिइन् । अतः काजोलले आफ्नो प्रेम सम्बन्धबारे कुनै जिज्ञासा मेट्नुपरेमा अजयसँग नै कुरा गर्थे । तर, पछि भने अजय र काजोल आपसमा एकाकार भए ।
सेटमा भएको भेट
अजय देवगन र काजोलको भेट पहिलो पटक सेटमा भएको थियो । त्यसबेला काजोललाई अजय देवगन घमन्डी जस्तै लागेको थियो । तर, पछि उनको भ्रम हट्यो । भनिन्छ कि, त्यसबेला काजोलले आफ्नो ब्वाईप|mेन्डसँगको जोडिएको सल्लाह अजयसँग नै माग्ने गरेकी थिइन् ।
थाहै नपाई माया-पिरती
काजोल र अजय एकअर्काको राम्रा साथी थिए । तर, क्रमस उनीहरुको मित्रता प्रेममा बद्लियो । रमाइलो त के भने, दुबैले कहिले पनि एकअर्कालाई प्रस्ताव गरेनन् । यद्यपी उनीहरुले एकअर्काले मन पराएको अनुभूत भने गरिरहे ।
घरको छतमा विवाह
अहिले बलिउडकर्मीको विवाहले सर्वत्र तरंग पैदा गर्छ । उनीहरुको विवाहको निमन्त्रण कार्डदेखि भोजसम्मको अनेकन चर्चा हुन्छ । विवाहको रौनक सेलाउन महिना दिन लाग्छ ।
तर, अजय र काजोलको विवाह एकदमै सामान्य ढंगले भएको थियो । खासमा अजय धेरै भव्य ढंगले वा तामझामका साथ विवाह गर्ने पक्षमा थिएनन् । त्यसैले उनी आफ्नो बेडरुमबाट तयार भएर छतमा गए, जहाँ विवाहको सारा विधी पुरा गरियो ।
घरको छतमा नै उनले काजोलसँग सात फेरो लिए । त्यसपछि दुबै आफ्नो कोठामा फर्किए । उनीहरुले २४ फेब्रुअरी १९९९ मा विवाह गरेका थिए ।
प्रतिक्रिया 4