Comments Add Comment

साओमीको रेडमी सिरिजका दुई फोन अब नेपाली बजारमा

२४ चैत, काठमाडाैं । साओमीले रेडमी सिरिजका दुई नयाँ स्मार्ट फोन ‘रेडमी नोट ७’ र ‘रेडमी ७’ नेपाली बजारमा ल्याएको छ ।

फोन ग्राहकको रूची अनुसार सर्वसुलभ मूल्यमा बजारमा ल्याइएको कम्पनीको भनाइ छ। फोन अप्रिल ७ देखि अनलाइन तथा अफलाइन स्टोरहरुमा उपलब्ध हुने छन् ।

रेडमी नोट सेभेन

कम्पनीका अनुसार रेडमी नोट सेभेन विशेषगरि फोटो तथा भिडियो खिच्न रुचाउने प्रयोगकर्ताका लागि ल्याइएको हो। यो फोनमा ४८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ ।

यसमा फोटोलाई ठूलो देखाउने १२ मेगापिक्सेलकोे टेट्रासेल टेक्नोलोजी जडान गरिएको छ । त्यसैगरि उत्कृष्ट सेल्फीका लागि १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ ।

यस फोनको क्यामरामा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्रविधि प्रयोग गरिएको छ । क्वालकम स्न्यापड्रागन ६६० एआईई चीपसेट प्रयोग गरिएको यस स्मार्ट फोनमा ४ हजार एमएएचको ब्याट्री पावर रहेको कम्पनीले जानकारी दिएको छ ।

फोनमा क्वालकमको क्वीक चार्ज ४ टेक्नोलोजी जडान गरिएकोले फास्ट चार्ज हुने कम्पनीको दाबी छ । गोरिल्ला ग्लास ५ प्रयोग गरिएको रेडमी नोट सेभेनमा ६.३ इन्चको फूलएचडी प्लस डिस्प्ले जडान गरिएको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोन ३ जीबी र्‍याम, ३२ जीबी स्टोरेज, ४ जीबी र्‍याम, ६४ जीबी स्टोरेज र ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरिएन्टहरुमा आउनेछ ।

ग्राहकले रेडमी नोट सेभेन नेप्च्यून ब्लू, स्पेस ब्ल्याक र नेबुला रेड कलर पाउन सक्नेछन् । नेपाली बजारमा यी फोनका मूल्य क्रमशः २१ हजार ९ सय ९९ रुपैयाँ, २४ हजार ९ सय ९९ रुपैयाँ र २६ हजार ९ सय ९९ रूपैयाँ राखिएको छ ।

रेडमी सेभेन

रेडमी सेभेन रेडमी नोट सेभेनभन्दा कम मूल्यको छ । यो स्मार्टफोनमा ६.२६ इन्चको एचडी प्लस डट ड्रप डिस्प्ले डिजाइन गरिएको छ । फोनलाई स्क्र्याच हुनबाट जोगाउर्न कोर्निंङ गोरिल्ला ग्लास ५ जडान गरिएको छ ।

४ हजार एमएएच ब्याट्री पावर रहेको यस स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ६३२ चीपसेट जडान गरिएको कम्पनीले जनाएको छ ।

रेडमी सेभेन २जीबी र्‍याम, १६ जीबी स्टोरेज र ३ जीबी र्‍याम, ३२ जीबी स्टोरेजमा उपलब्ध छन् । यस फोनको बजार मूल्य क्रमशः १४ हजार ९ सय ९९ रुपैयाँ र १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment