Comments Add Comment

इजरायल निर्वाचन : सरकारमा नेतन्याहु र बेन्नी दुवैको दावी

२७ चैत, काठमाडौं । इजरायलमा निर्वाचनपछि आइरहेका मत सर्वेक्षणमा कुनै पनि पार्टीले बहुमत नल्याउने देखिएको छ । मंगलबार सम्पन्न भएको आम चुनावमा दक्षिणपन्थी लिकुड पार्टीका नेता एवम् वर्तमान प्रधानमन्त्री विन्यामिन नेतन्याहु र मध्यमार्गी ब्लु एण्ड ह्वाइट गठबन्धनका नेता एवम् पूर्व सैन्य प्रमुख बेन्नी गन्ट्जबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

दुईवटा मत सर्वेक्षणमा भनिएको छ गठबन्धनमार्फत आगामी सरकार नेतान्याहुले बनाउन सक्छन् । अर्को एक सर्वेक्षणले भने बेन्नी गेट्जको नेतृत्वमा गठबन्धन सरकार बन्ने नतिजा सार्वजनिक गरेको छ । यो सर्वेक्षणमा बेन्नीले ३६ देखि ३७ सिटले अग्रता लिने देखाइएको छ । अर्को सर्वेक्षणमा नेतान्याहुले ३३ देखि ३६ सिटले चुनाव जित्ने देखाइएको छ ।

४७ देखि ५० सिट अन्य पार्टीले लिने सम्भावना औंल्याइएको छ । यद्यपि नेतान्याहू र गेट्ज दुवै नेताहरुले आ-आफ्नो जितको दावी छ ।

बेन्नीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अलग अलग पृष्ठमूमिका व्यक्तिहरुको प्रतिनिधित्व हुने गरी गठबन्धन सरकार बनाउने बताएका छन् । उनले भनेका छन्, ‘अहिले हामी अन्तिम नतिजाको पर्खाइमा छौं, मेरो विचारमा नतिजा हाम्रै पक्षमा हुनेछ । मैले विवितापूर्ण गठबन्धन सरकार बनाउने पूरै कोशिस गर्ने छु । म केबल मलाई भोट दिनेहरुको मात्र प्रधानमन्त्री बन्ने छैन । म सबैको प्रधानमन्त्री हुने छु ।’

यसअघि मंगलबार जेरुशेलममा मतदानपछि नेतान्याहूले पत्रकारहरुसँग भनेका थिए, ‘म तपाईंहरुलाई भन्न चाहान्छु, मलाई नतिजाको बारेमा कुनै शंका छैन तर भोट दिनु एक पवित्र काम हो । हाम्रो गणतन्त्रको सुन्दरता नै यही हो कि हामी मतदान गर्न पाउँछौं । यसका लागि हामी ईश्वरप्रति आभारी छौं ।’

५९ वर्षीय पूर्वलेफ्टिनेन्ट जनरल बेन्नी राजनीतिमा नयाँ हुन् । उनले देशलाई एकताको सूत्रमा बाँध्ने प्रतिवद्धता जनाएका छन् ।

सरकारी समाचार सेवा केनले गरेको मत सर्वेक्षणका अनुसार बेन्जामिन नेतान्याहूको लिकुड पार्टीको नेतृत्वमा ६४ सिट र बेन्नी नेतृत्वको ब्लु एण्ड ह्वाइटको गठबन्धनसँग ५६ सिट संसदमा रहने छ ।

च्यानल १३ ले भने दुवै पार्टीले ३६-३६ सिट प्राप्त गर्ने सम्भावना रहेको र गठबन्धनपछि लिकुड पार्टीसँग ६६ सिट हुने उल्लेख गरेको छ ।

च्यानल १२ ले भने ब्लु एण्ड ह्वाइटले ३७ र लिकुड पार्टीले ३३ सिट हासिल गर्ने दाबी गरेको छ ।

इजरायलमा यी दुई बाहेक करिब ४० पार्टी चुनावी प्रतिस्पर्धामा छन् । इजरायलको संसदमा कुल १२० सिट छन् । सरकार बनाउनका लागि कुनै पनि पार्टीले ६१ सिट आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment