
२७ चैत, काठमाडौं . प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्वरमा प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्दा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले उनको बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा तामाङले एक हजार रुपैयाँ दिन खोजेका थिए ।
उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4