Comments Add Comment

अष्ट्रेलियामा पहिलो पटक नेपाली युवा संघीय सांसदको उम्मेदवार

सिड्नी/ पहिलो पटक अष्ट्रेलियामा नेपाली युवा संघीय सांसदको उम्मेदवार बन्ने भएका छन् ।

अष्ट्रेलियाको सत्तासिन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

लिबरल पार्टीका न्यू साउथ वेल्स राज्य कमिटीका नेताले आफूलाई उम्मेदवार बनायएको बारेमा जानकारी दिएको पिजे श्रेष्ठले बताए ।

श्रेष्ठलाई मेम्मदवार बनाइएको बार्टन क्षेत्र अष्ट्रेलियन लेबर पार्टीको बर्चश्व भएको निर्वाचन क्षेत्र हो । नेपालीहरूको घना बस्ती भएको  सिड्नीको रकडेललगायतका ठाउँहरू पनि यो क्षेत्रमा पर्छन् ।

४ वर्षको उमेरमा बाबाआमासँग अष्ट्रेलियामा आएका श्रेष्ठ नेपालको नवलपरासी जिल्लाका हुन् । उनका बुवा मेघराज नवलपरासीका कृषी उद्यमी हुन् ।

उनी अष्ट्रेलियामा अष्ट्रेलियन विद्यार्थीको लागि यातायात छुट गराउने अभियानमा पनि थिए ।

श्रेष्ठले आफूले विगत केही वर्षयता अष्ट्रेलियाको राजनीतिमा चासो दिएको र खटेर काम गरेकाले पार्टीले उम्मेदवार बनाएको बताए ।

आफ्नो उम्मेदवारी अष्ट्रेलियामा भएका समग्र नेपाली मूलका अष्ट्रेलियनको लागि गौरव भएको उनले बताए । ‘नेपाली युवा जुनसुकै पार्टीलाई समर्थन गरुन म सबै नेपालीको गौरवका लागि काम गर्ने छु ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment