Comments Add Comment

प्रकाशमानको आरोप– सरकार समृद्धिको आफ्नै नाराविरुद्ध उभियो

३० चैत, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतप्राप्त सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन् । उनले सरकार विधि र प्रक्रियाविपरीत चलेको भन्दै कटाक्षसमेत गरे ।

‘जनताले यो सरकार बनेदेखि नै शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छैनन्, भ्रष्टाचार लगातार बढिरहेको छ’, सरकारबारे प्रकाशमानको मूल्यांकन छ, ‘सरकारले समृद्विको नारा दिए पनि आफैं त्यसविरुद्व काम गरिरहेको अवस्था छ ।’

बजेट खर्च र छनौट भएका योजना पूरा गर्न नसक्नु पनि सरकार असफल छ भन्ने अर्को दृष्टान्त भएको नेता सिंहको भनाइ छ ।

प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बतााए पनि सुनकाण्ड र बाइडबडीमा भ्रष्टाचार गर्नेलाई संरक्षण दिएर आफ्नो बोली आफैंले परिवर्तन गरेको आरोप नेता सिंहको छ ।

कर्मचारी समायोजनको नाममा देशलाई अस्तव्यस्त बनाएको बताउँदै नेता सिंहले गलत समयमा समायोजन गरिएको बताए । उनले भने, ‘अहिले विकासको काम हुने समय हो । यो अवस्थामा सबै तहमा कर्मचारी हुन जरुरी छ । तर, समायोजन गर्दा धेरै ठाउँमा कर्मचारी पुग्न नसकेर काम हुन सकिरहेको छैन् ।’

सिंहले समायोजनमा कर्मचारीलाई चित्त बुझाउन नसकेको भन्दै असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment