Comments Add Comment

इरफान घर र्फकदा पत्नी भइन् भावुक

अभिनेता इफरान खान घर फर्किएलान् ? संभवत धेरैलाई यस्तो विश्वास थिएनन् कि कुनैदिन यी अभिनेता सग्लो शरीर लिएर घर र्फकनेछन् ।

एकदम दुर्लभ र निकै जटिल प्रकृतिको क्यान्सरबाट गुजि्ररहेका इरफान स्वयम् अस्पतालबाट सकुशल र्फकनेमा विस्वस्त थिएनन् । तर, उनी लामो समयको उपचारपछि लन्डनबाट घर फर्किएका छन् ।

यतिका जटिल क्यान्सरसँग जुधिरहेका इरफानले जीवनप्रतिको आशा भने मारिसकेका छैनन् । त्यसो त उनकी पत्नी सुतापा सिकदरले पनि इरफानलाई सक्दो ढाडस दिइरहेकी छिन् ।

सुतापाले लेखेकी छिन्, ‘यो जीवनको सबैभन्दा लामो साल हो । समयलाई कहिले पनि दर्द र आशाले नाप्न सकिदैन । हामी आफ्नो सानो कदम काममा फर्काउँदैछौ र यसका लागि म ति साथी, ति तमाम शुभचिन्तकलाई धन्यबाद दिन्छु कि, जसको प्रार्थनाले हामीलाई यस्तो मौका मिल्यो । मैले कहिले पनि अप्रत्याशित शब्दको अर्थ यति राम्ररी महसुष गरिन । न त मैले व्यक्तिको प्रार्थनालाई यति राम्ररी महसुष नै गरेकी थिएँ ।’

भनिहालौं, उपचारबाट फर्किएका इरफान खानले आफ्नो फिल्मको छायांकन सुरु  गरेका छन् । उनी फिल्म ‘हिन्दी मिडियम’को सिक्वेल ‘अंग्रेजी मिडियम’मा काम गर्दैछन् । हालै यस फिल्मको सेटमा इरफान खानको तस्वीर भाइरल भएको छ । अहिलेसम्म यस कुराको खुलासा भएको छैन कि फिल्ममा इरफान खानको अपोजिटमा कुन अभिनेत्री छिन् ।

खबर अनुसार उनीसँगै यस फिल्ममा करिना कपूर खान देखिनेछन् । यद्यपी यसबारे अहिलेसम्म फिल्म निर्माण टिमले कुनै आधिकारिक धारणा सुनाएको छैन ।

इरफान बलिउडदेखि हलिउडसम्म आफ्नो प्रभाव विस्तार गरिसकेका अभिनेता हुन् । उनले बलिउडका ३० भन्दा बढी फिल्म खेलिसकेका छन् । ए माइटी हार्ट, स्लमडग मिलियनेयर, द अमेजिंग स्पाइडर म्यान, लाइफ अफ पाई जस्ता हलिउड फिल्ममा समेत उनको अभिनय देख्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment